![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/dead20190521154604.jpg?resize=544%2C301)
काठमाडौं १४, असार । काठमाडौं महानगरपालिका–२८ बागबजारस्थित टुकुचा खोला नजिकै बन्दै गरेको किरियापुत्री टहरोमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतक फेला व्यक्ति काठमाडौं महानगरपालिका–२१ लगन घर भई हाल बागबजार बस्दै आएका ६६ वर्षीय रामकृष्ण महर्जन रहेका छन्। उनी शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन्।
ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवस्थित मकैबारीमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने मकवानपुर भीमफेदी घर भएका ६५ वर्षीया रूपा तिमल्सिना शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन्।
झापाको बुद्धशान्ती गाउँपालिका–४ मा रहेको बर्ने चिया बगानभित्र हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन्।
स्याङजाको पुतलीबजार नगरपालिका–१३ चिलाउनेखर्क बस्ने ६९ वर्षीय कुलबहादुर थापा सोही ठाउँको बायाखोला छहरामा रहेको लामो कुलो भन्नेस्थानमा मृत फेला परेका छन्।
सोही नगरपालिका–१३ नम्बर वडा कार्यालयमा सुन्तलाको बिरुवा लिएर घर फर्केर नआएपछि आफन्तहरूले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
प्रतिक्रिया