२० माघ २०८१, आइतबार । February 2, 2025

ग्लोबल

चीन–भारत विवादपछि तिब्ब्तमा मार्सल आर्ट सिकाउन जाँदै चिनियाँ प्रशिक्षक



काठमाडौं १४, असार । चीनले मार्सल आर्ट सिकाउन २० जना सेनालाई तिब्बत पठाउने भएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक ल्हासामा रहनेछन्। तर, उनीहरूले कसलाई तालिम दिने भन्ने खुलेको छैन।

भारतीय सेनासँग गलवान उपत्यकामा दुई साता अगाडि भएको हिंसात्मक भिडन्तपछि चीनले उक्त कदम चालेको हो।

कतिपयले भारतसँग सीमामा तनाब भए चीनले तयारी अवस्थामा रहेको देखाउन चाहेको रूपमा लिएका छन्।

चीन–भारतका सीमा क्षेत्रमा परिचालन भएका सेनाले विस्फोटक पदार्थ र बन्दुक बोक्न पाउँदैन्न। सन् १९९६ मा एक सम्झौतापछि हतियार बिना सीमा क्षेत्रमा दुबै देशका सेनाहरू परिचालित हुँदै आएका छन्।

यद्यपि, हतियार बिनै दुई साता अगाडि सीमावर्ती गलवान उपत्यकामा भएको हिंसात्मक भिडन्तमा एक जना कमान्डिङ अफिसरसहित २० जना भारतीय सेनाले ज्यान गुमाए।

भारत सरकारले जनाएअनुसार ७६ जना आफ्ना सेना पनि घाइते भए।
उक्त भिडन्तमा भएको हताहतिबारे भने स्पस्ट रूपमा चीनले हालसम्म खुलाएको छैन।

हाल चीन–भारत सम्बन्ध तनाबपूर्ण छ। यसअघि सन् १९६२ मा भने दुई देशबीच युद्द नै भयो। जुन युद्दमा भारतले नराम्ररी पराजय बेहोर्याे।

भारतले ३८ हजार बर्ग किलोमिटर क्षेत्र चीनले हडपेको बताउँदै आएका छ।

प्रकाशित : १४ असार २०७७, आइतबार ००:००