![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/Mike-pempeo_photo-819x1024.jpg?resize=720%2C900)
काठमाडौं १४, असार । अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका केही नेताहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
विदेशमन्त्री माइक पोम्पेओले प्रतिबन्ध लगाएको घोषणा गरेका हुन्। ती नेताहरूलाई हङकङको स्वतन्त्रता निमोठ्ने योजनामा सहभागी भएको अमेरिकी आरोप छ।
‘यो निर्णय हङ्कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको वाचा अनुरूप गरिएको हो’ विदेशमन्त्री पेम्पेओले बताएका छन्।
अमेरिकी उक्त निर्णयलाई चीनले भने त्रुटिपूर्ण भनेको छ। जसलाई फिर्ता लिनु पर्ने चीनले प्रतिक्रिया दिएको छ।
चीनको न्यास्नल पीपल्स कंग्रेसको स्थायी समितिले हङकङका लागि बनाइएको कानुनबारे आइतबार (आज) देखि छलफल गर्ने भएको छ।
प्रतिक्रिया