![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/dead20190521154604.jpg?resize=545%2C301)
काठमाडौं, १३ असार । झापाको शिवसताक्षी नगरपालिका–८ मा रहेको काभ्रे चोकका मिलनकुमार बिष्टको ३ वर्षीय छोरा सम्यमकुमार बिष्टको घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
कुलोमा डुबेर गम्भीर अवस्थामा उद्दार गरिएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ सिउटीका राजेन्द्र थारुकी दुई वर्षीया छोरी अंकीता थारुको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार (आज) बिहान मृत्यु भएको छ।
कुलोमा डुबी हराएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी गजेडा र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँस्थित पिपराहवा भन्ने स्थानको कुलोमा उनको शव फेला पारेको हो।
प्रतिक्रिया