१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

देशभर फैलियो कोरोना, २४ घण्टामा थपिए ५५४ जना संक्रमित



काठमाडौं १३, असार । गएको २४ घण्टामा नेपालमा ५५४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शनिबार) दिउँसोसम्ममा संक्रमितको सङ्ख्या देशभर १२ हजार ३०९ पुगेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित भएकामध्ये कूल २ हजार ८३४ जना भने निको भएर घर फर्केका छन्। २८ जनाको मृत्यु भएको छ। यसमध्ये गएको २४ घण्टामा १३६ जना निको हुँदा एक जनाले ज्यान गुमाए।

मन्त्रालयकाका प्रवक्ता गौतमकाअनुसार हालसम्म प्रदेश नम्बर–२ र ५ मा कोरोना संक्रमित धेरै भेटिएका छन्।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि संक्रमितको सङ्ख्या अधिक हुँदै गएको छ।

रसुवामा पनि संक्रमित फेला

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिमाली जिल्ला रसुवामा पनि संक्रमित फेला परेको जनाएको छ।

शनिबार नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता गौतमले आठ जना महिला र एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : १३ असार २०७७, शनिबार ००:००