काठमाडौं १३, असार । महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको सङ्ख्या विश्वभर एक करोड नजिक पुगेको छ।
हालसम्म ९९ लाख चार हजार ९६३ जना संक्रमित भएका छन्। चार लाख ९३ हजार ६०९ जनाको मृत्यु भएको छ। ५३ लाख बढी संक्रमित निको भएका छन्।
सर्वाधिक ब्राजिलमा ४६ हजार ८६० जना थप संक्रमित देखिएका छन् भने शुक्रबार नै ९९० जनाको मृत्यु भएको छ।
१२ लाख ७४ हजार ९७४ जना संक्रमित हुँदा कूल मृत्यु हुनेको सङ्ख्या पनि ५५ हजार ९६१ जना पुगेको छ।
ब्राजिल भन्दा अलिक कम अमेरिकामा संक्रमित देखिएका छन्। शुक्रबार ४० हजार ८७० जनामा संक्रमण देखिएको हो।
यससँगै संक्रमितको सङ्ख्या २४ लाख ६७ हजार ६५८ पुग्दा एक लाख २५ हजार ४६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया