काठमाडौं १२, असार । सिन्धुलीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाकै कमलामाई नगरपालिका–१४ चन्दनपुर खिरखिरे टोलका रुद्रबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ।
दमाईलाई श्रीमती माइती गएको अवस्थामा निजको छोरीसँग सुत्नको लागि साथी चाहियो भनी ती बालिकालाई घरमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ। करणीपछि बालिकाको पेटमा गर्भसमेत रहेको प्रहरीले जनाएको छ।
अभियुक्तलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबरजस्तीकरणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।
दमाईले गएको फागुन २६ गते राति जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया