१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

चिनियाँ सेनाविरुद्द भारतीय सेना प्रमुखले बहादुरीता प्रदर्शन गर्याे : सेना प्रमुख नरवाणे



काठमाडौं ११, असार । चीन–भारत सीमा नजिक पर्ने गलवान प्रान्तमा भएको हिंसात्मक झडप परेका पाँच जना सेनालाई भारतीय सेना प्रमुख मनोज मुुकुन्द नरवाणेले ‘बहादुरी’ प्रदर्शन गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेका छन्।

दुई दिने भ्रमणको क्रममा सीमावर्ती क्षेत्र लद्दाख पुगेका नरवाणेले झडपमा परी घाइते भएका ती भारतीय सेनाहरूलाई प्रशंसा पत्र प्रदान गरेका हुन्।

उनले झडपमा चिनियाँ सेनाविरुद्द बहादुरीता प्रदर्शन गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

गएको साता गलवान प्रान्तमा भएको हिंसात्मक झडपमा परी एक जना अधिकृतसहित २० जना भारतीय सेनाको ज्यान गएको थियो। चीन सरकारले भने उक्त झडपमा आफ्ना एक जना कमान्डिङ अफिसरसहित दुई जनाको ज्यान गएको बताएको थियो।

ठूलो सङख्यामा क्षति बेहोरेको भारतले आफ्ना सेनाको बलिदानलाई खेर जान नदिने पनि चीनलाई चेतावनी दिएको छ।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००