![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/04/Arressted-getty-image.png?resize=650%2C418)
काठमाडौं ११, असार । ४० वर्षीया श्रीमतिलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्।
श्रीमति सलिना बानियाँ खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिका–३ बानियाँटार हाइट बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँ पक्राउ परेका हुन्।
चक्कु प्रहारपछि सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
हत्या गर्नुको कारण भने खुलेको छैन। प्रहरीले उनीविरुद्द प्रहरीले कर्तव्य ज्यान सम्बन्धिको कसूरमा अनुसन्धान थालेको छ।
प्रतिक्रिया