१९ माघ २०८१, शनिबार । February 1, 2025

ग्लोबल

ट्रम्प प्रशासनकाे चार चिनियाँ सञ्चार माध्यमलाई कारबाही गर्ने तयारी



काठमाडौं ११, असार । चीनको चारवटा सञ्चार माध्यमलाई अमेरिकाले कारबाही गर्ने जनाएको छ। परिणामस्वरूप ती मिडियाहरूलाई अमेरिकाले विदेशी कूटनीतिक मिसनको दर्जा पनि दिएको छ।

अमेरिका, अस्टे«लिया र अमेरिकाबीच तनाव बढेको बेला चिनियाँ मिडियाहरू ‘सीसीटीभी’, ‘चाइना न्युज सर्भिस’, ‘पिपल्स डेली’ र ‘ग्लोबल टाइम्स’ ले चीनको प्रचारको काम गरेको अमेरिकाको आरोप छ।

चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा यी मिडियाहरू रहेको समेत अमेरिकाको दावी छ। यससँगै अब यी मिडियाहरूले आफ्नो सूचना अमेरिकाको विदेश विभागलाई दिनुपर्ने जनाइएको छ।

पूर्वी एसिया र प्रशान्त महासागर क्षेत्र हेर्ने अमेरिकी सहायक मन्त्री डेभिड स्टिलवेलकाअनुसार चारवटै चिनियाँ सञ्चार माध्यमहरूले आफ्ना कर्मचारी र सम्पत्तिको सम्पूर्ण विवरण अमेरिकाको विदेश विभागमा पेस गर्नुपर्ने छ।

यो प्रकरणले फेरि अमेरिका–चीनबीच सम्बन्ध चिसिने अनुमान गरिएको छ। हालै मात्र अमेरिका चीनप्रति केही नरम जस्तो देखिएको थियो। राष्ट्रपतीय निर्वाचनको सम्मुखमा चीनको सहयोग लिन अमेरिका चीनप्रति आक्रमक नबनेको चर्चा चलेको थियो।

तर, चिनियाँ प्रतिष्ठित चार मिडियामाथि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कारबाही स्वरूप कदम चाल्ने भएपछि सम्बन्धमा थप तिक्तता हुने अनुमान गर्न थालिएको हो।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००