काठमाडौं ११, असार । मालोर्कालाई पराजीत गर्दै रियल मड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा उसले मालोर्कालाई २–० गोल अन्तरले पराजित गरेको हो।
खेलको १९ औं मिनेटमा भिनिसियस जुनियर र ५६ औं मिनेटमा सर्जियो रामोसले मालोर्काविरुद्ध गोल गरे। अंक तालिकामा रियलको ६८ अंक पुगेको छ। मोलार्का भने रेलिगेसनको चिन्तामा छ। अंक तालिकाको पुछारदेखि तेस्रोमा मोलार्का छ।
अब लिगको ७ चरणको खेल बाँकी छ। शीर्ष स्थानमा उक्लिएसँगै अब रियल भने उपाधी होडतर्फ लम्किँदै छ। सन् २०१७ पछि रियल उपाधीउन्मुख छ। गएराति नै भएको अन्य खेलहरूमा ओसासुनाले एलाभिसलाई १–० ले र भिजोले रियल रोडिडाडलाई १–० ले नै हरायो।
प्रतिक्रिया