१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

दलहरूकाे एकताले राष्ट्रपति भण्डारी खुसी



फाइल तस्बिर

काठमाडौं ११, असार।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन गर्न राजनीतिक दलहरूले अभूतपूर्व एकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरेकी छिन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेट्दै नयाँ नक्सा जारी गर्दै त्यसलाई निसान छापमा पनि राख्न राजनीतिक दलहरूले एकता देखाएर संविधान संशोधन गर्न खेलेको भूमिकाप्रति राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी हुन्।

उनले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएर राष्ट्रिय एकताको सन्देश दिएको भन्दै खुसी पनि व्यक्त गरिन्।

राष्ट्रपतिले आह्वान गरेको छलफलमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सभामुख अग्नीप्रसाद सापकोटा, गणेशप्रसाद तिम्सिनासहित नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपालगायत राजनीतिक दलबाट शीर्ष नेताहरू सहभागी थिए।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००