१८ माघ २०८१, शुक्रबार । February 1, 2025

समाचार

एक महिला र दुई पुरूष मृत फेला



प्रतीकात्मक तस्बिर

काठमाडौं, ८ असार ।सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर–४ का ५५ वर्षीय रामजनम राय मृत अवस्थामा फेला परेका छन्।

घरदेखि करिब डेढ किलोमिटर टाढा रहेको बाँसघारीमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा श्रम गर्दै आएका एक जना श्रमिक पनि मृत फेला परेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भएका ४० वर्षीय जीतबहादुर थारू सैनामैना नगरपालिका–९ बगाहास्थित खोल्सामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

सुनसरीको धरान उपमहानगरपालिका खोरिया बस्तीस्थित सेउती खोलाको किनारामा सोही ठाउँको फूलबारी मार्ग बस्ने ४५ वर्षीया बिमला तामाङ मृत फेला परेकी छिन्।

आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००