काठमाडौं ८, असार। अर्घाखाँचीको पाणिनी–४, पटौनीका सन्तबहादुर नेपालीको १३ वर्षीय छोरा पुजन नेपालीलाई खोलाले बेपत्ता बनाएको तीन दिन बित्दा पनि भेटिएको छैन।
उनलाई खोला तर्ने क्रममा घर नजिकैको जुकेखोलाले बगाएको थियो। सुस्त मनस्थिति भएकी माइली आमासँगै बारीमा काम गर्न हिँडेका उनलाई खोलाले बगाएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बेपत्ता पुजनको स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको छ।
प्रतिक्रिया