काठमाडौं ८, असार। कर्णाली प्रदेशमा पाँच सय ३१ जनाले कोरोना जितेका छन्।
उनीहरू उपचारपछि घर फर्किएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले संक्रमितमध्ये ४२ प्रतिशत निको भएको जनाएको छ।
हालसम्म जाजरकोटमा एक जना, जुम्लामा २५ जना, कालिकोटमा २७ जना, सल्यानमा ४४ जना, सुर्खेतका ९३ जना र दैलेखका तीनसय ४१ जना निको भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।
जबकि प्रदेशमा एक हजार दुई सय ५६ जनामा संक्रमण देखिएको छ। प्रदेशको सर्वाधिक कोरोना प्रभावित जिल्ला भने दैलेख हो।
त्यहाँ सात सय ११ जना, सुर्खेतमा दुई सय ७९ जना, सल्यानमा एक सय ६९ जना, कालिकोटमा ४२ जना, जाजरकोठमा १० जना र मुगुमा दुई जना संक्रमित छन्।
दुई हिमाली जिल्ला हुम्ला, डोल्पा तथा रूकुम पश्चिममा एक÷एक जना संक्रमित रहेको महाशाखाले जनाएको छ। हालसम्म ४ जनाको प्रदेशमा कोरोनाले ज्यान लिएको छ।
प्रतिक्रिया