काठमाडाैं ८, असार। गण्डकी प्रदेशको स्याङ्जा र नवलपरासीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। संक्रमितमध्ये ६ वर्षका एक जना बालक र सात वर्षका तीन जना बालक पनि रहेका छन्।
शर्माले स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवक, बौदिकाली गाउँपालिकामा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लाने तयारी भइरहेको बताइएको छ।
चितवनमा पनि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन्।
पूर्वी नवलपरासीमा पनि थप १६ जनामा कोरोना देखिएको छ। नवलपरासीको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया