१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

तीन सातामा तीन हजार १ सय ८ नेपालीको उद्धार



काठमाडौं ७, असार। सरकारले विश्वका विभिन्न देशमा समस्यामा परेका ३ हजार १ सय ८ जना नेपालीको उद्दार गरेको छ।
गएको जुन ५ तारिखदेखि उद्दार थालेको सरकारले तीन सातासम्ममा उक्त सङ्ख्याका नेपालीलाई उद्दार गरेको हो।

मलेसियाबाट १ सय १८ जना, युएईबाट ३ सय १७ जना, कुवेतबाट ८ सय ९८, जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्मारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको सरकारले उद्धार गरेको हो।

बङ्लादेशबाट २ सय ५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ०५ जना, कम्बोडिया र सिङ्गापुरबाट १ सय ४६ जना, थाइल्यान्डबाट २ सय ४८ जना, कतारबाट ४४ जना, श्रीलङ्काबाट पाँच जना, साउदी अरबबाट १ सय ५३ जना र दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्।

यो शुक्रबारसम्मको तथ्याङ्क हो।

यसैबीच विदेशमा ज्यान गुमाएका १ सय ६४ जना नेपालीको शव अझै नेपाली ल्याइएको छैन। वैदेशिक रोजगारीको क्रममा जाँदा उतै उनीहरूको विभिन्न समयमा मृत्यु भएको थियो।

बन्दाबन्दीकाले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि शव ल्याउन कठिनाई भएको हो। गैह्रआवासीय नेपाली सँघ (एनआरएन) ले ती शवहरूको अन्तेष्टि र व्यवस्थापन गर्न निर्देशन दिएको बताइएको छ।

सरकारले यही साता ४० वटा शव भने नेपाल ल्याएको छ। बन्दाबन्दीको समयमा विभिन्न मुलुकमा मृत्यु भएका नेपालीको शवलाई बिमान चार्टर्ड गरेर नेपाल ल्याइएको हो।

कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको हो।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००