काठमाडौं ७, असार। ललितपुरको लगनखेलबाट १३ वर्षीया (नाम परिवर्तीत ‘बबरमहल २००’) नाबालिकालाई भारतमा बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
‘काममा लगाई दिन्छु’ भनी ललाइफकाई भारतमा पु¥याइ बेचबिखन गरेको सूचनापछि खोजतलास गर्ने क्रममा भारतको रसलपुर भन्ने स्थानबाट मानब बेचबिखन अनुसन्धान ब्युरोको टिमले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–१ घोडाथली घर भई सुनसरीको इटहरी नगरपालिका वडा नम्बर–२० मा बस्ने २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोककै लिसङ्खु घर भई कास्कीको पोखरास्थित लेकसाइडमा बस्ने २८ वर्षीय प्रवीन तामाङ रहेका छन्।
ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलियाले प्रारम्भिक अनुसन्धानको क्रममा गएको फागुन ९ गते काठमाडौंको बालाजूस्थित नयाँ बसपार्कबाट कृष्ण र प्रवीन मिलेर पीडित नाबालिकालाई काठमाडौंबाट सुनौली जाने बसमा लगी भारतको उत्तर प्रदेशको पिप्रा रसलपुर ओडओलिया पु¥याएपछि डान्स आर्केस्ट्रामा लगाएको पाइएको बताए।
उनीहरूविरुद्द प्रहरीले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ विरुद्दको कसूर अनुसन्धान थालेको छ।
ब्युराेबाट खटिएको टोलीले गएको जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा पीडित नाबालिकाको उद्दार समेत गरेको छ।
प्रतिक्रिया