काठमाडौं ७, असार। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाकाअनुसार केही दिनदेखि देशको पूर्वी भू–भाग हुँदै मनसुन सक्रिय भएको छ।
वर्षात् हुने भएकाले बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। गएको जेठ ३० गते नेपालमा मनसुन भित्रिएको हो।
२४ सै घण्टा देशको अधिकाँश भू–भागमा हल्कादेखि मध्यम र प्रदेश १, २, ५, बागमति, गण्डकीको केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षातपछि नदीमा पानीको बहाब बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना पनि रहेको छ।
प्रतिक्रिया