२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

कोरोनाले विदेशमा लियो १३० नेपालीको ज्यान, विश्वभर २६ हजार बढी नेपाली संक्रमित



काठमाडौं ७, असार। विश्वका विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कोरोनाले ज्यान लिएको छ।

बेलायत, युएई, जापान, बहराइन, टर्की, नेदरल्याण्ड, साउदी अरब, कुवेत, स्वीडेनलगायत १३ देशमा रहेका उनीहरूको ज्यान गएको हो।

असार लागे यता मात्रै कतारमा ३ जना नेपालीको विदेशमा मृत्यु भएको छ। उनीहरूको मृत्युको कारण कोरोना संक्रमण नै रहेको खुलेको छ। कोरोना संक्रमण भएका १० हजार बढी नेपाली भने निको भएका छन्।

गैरआवासीय नेपाली सँघ (एनआरएनए) ले जनाएअनुसार डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, रुस, जर्मनी, हङकङलगायत १८ देशमा बस्दै आएका नेपालीहरू निको भएका हुन्।

तर, १८ हजार नेपाली कोरोना संक्रमित छन्। नेपालमा पनि शनिबारसम्ममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ८ हजार ६ सय ५ जना संक्रमित छन्। ज्यान गुमाउनेको सङ्ख्या दुई दर्जन नजिक पुगेको छ।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००