काठमाडौं ७, असार। कोभिड–१९ को महामारीका कारण समस्यामा परेका २ सय ४७ जना नेपालीलाई साउदीबाट नेपाल ल्याइएको छ।
उनीहरू नेपाल एयरलाइन्सको उडानबाट बिहान काठमाडौं आइपुगेका हुन्। साउदीस्थित नेपाली राजदूतावासकाअनुसार आएकामध्ये १२ जना महिला छन्। केही भने गएको ६ महिनादेखि दूतावासको ‘सेल्टर’ मा थिए।
दूतावासकाले आजै युएइबाट तीन उडानमार्फत त्यहाँस्थित समस्यामा परेका नेपालीहरू फर्किने जनाएको छ। कतारको दोहाबाट पनि १ सय ४९ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको बिमान काठमाडौं उडान भएको छ।
मलेसियाबाट पनि त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वेदश ल्याइँदै छ। सरकारले विदेशमा कोभिड–१९ को महामारीपछि समस्यामा परेका नेपालीलाई धमाधम स्वेदश ल्याउँदै छ।
प्रतिक्रिया