२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

कतारदेखि १ सय ४९ जना नेपाली बाेकेर उड्याे नेपाल एयरलाइन्सकाे बिमान



काठमाडाैं ७, असार। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीकाकारण समस्या परेका १ सय ४९ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइँदै छ।

नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरूलाई काठमाडौं पठाइएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासकाअनुसार २९ जना सुत्केरी÷गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेका छन्।

समस्याग्रस्त नागरिकको उद्धारलाई पहिलो प्राथमिकता दिएको दूतावासले जनाएको छ। सरकारले वैदेशिक रोजगारीको क्रममा विश्वका विभिन्न मुलुकमा रहेका समस्याग्रस्त नागरिकलाई उद्धार गर्न थालेको छ।

तर, उद्धार गर्ने क्रममा बढी हवाई भाडा लिएर सरकारले व्यापार गर्ने गरेको टिप्पणी पनि हुँदै आएको छ। अरूबेला भन्दा हालै उद्धारका लागि सरकारले निर्धारण गरेको भाडादर बढी छ।

बिमान चार्टर्ड गरेर ल्याउनु पर्दा भाडा महङ्गो पर्न गएको सरकारी अधिकारीले बताउने गरेका छन्।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००