काठमाडौं, ६ असार। सिन्धुलीको दुधौली नगरपालिका–१ बङ्कामा अनटेष्ट लेखेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलका चालक सोही नगरपालिका–१० बस्ने २६ वर्षीय जीतबहादुर अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकलमा सवार सोही नगरपालिका–२ रतनपुर बस्ने २३ वर्षीय श्यामबहादुर कुमार घाइते भएका छन्।
उनको आमा मेमोरियल अस्पताल डकाहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ रिठ्ठेबेशीमा बा.८८ प ४६५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार मृत्यु हुनेमा उदयपुर चौदण्डी नगरपालिका–५ घर भएका ३५ वर्षीय चालक मदन सुवेदी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया