काठमाडाैं ६, असार। कोरोना भाइरस संक्रमित ३ सय ३१ जना थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा शनिबार उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिएकाे बताए।
यससँगै संक्रमितको सङ्ख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमध्ये ७ हजार ८ सय ४९ जना पुरूष र ७ सय ५६ जना महिला छन्।
प्रवक्ता गौतमकाअनुसार हालसम्म १ हजार ५ सय ७८ जना कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका छन्।
प्रतिक्रिया