![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/04/Suchana-neb-881x1024.jpg?resize=720%2C837)
काठमाडौं, २५ चैत। राष्ट्रिय परीक्षा बोर्ड समितिको बैठकले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ।
परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको बोर्डले जनाएको छ।
सूचनामार्फत बोर्डले विश्वब्यापी रूपमा फैलिरहेको नोबल कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थगित गर्नु परेको बोर्डले प्रस्टोक्ती दिएको छ।
बोर्डले कक्षा १२ को परीक्षा बैशाख ८ गते र कक्षा ११ को परीक्षा बैशाख ११ गतेदेखि सञ्चालन गर्ने जनाएको थियो। सोही अनुसार परीक्षा तालिका पनि सार्वजनिक गरेको थियो।
परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई घरमै बसी स्वअध्ययनमार्फत परीक्षाको तयारी गर्न पनि बोर्डले आग्रह गरेको छ।
प्रतिक्रिया