काठमाडौं २४ चैत । सरकारले बैसाख ३ गतेसम्म लकडाउन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले ८ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएसंगै झन चूनौति थपिएको हो ।
सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि एक हप्ता लकडाउन गरेको थियो । त्यसपश्चात चैत १८ गते थप एक हप्ता लकडाउन थपिएको थियो ।
प्रतिक्रिया