१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

भारतबाट फर्किएकामा कोरोना ‘पोजेटिभ’ पुनः परीक्षणका लागि टेकु पठाइयो



कास्की, २१ चैत । नेपालमा थप एक जनामा कोरोना (कोभिड–१९) भाइरस ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएका कास्कीमा एक व्यक्तिको परीक्षण रिपोर्ट पोजेभिट आएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी गराएका छन् । उनका अनुसार थप पुष्टिका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएको छ ।

कोरोनाको छैठौं संक्रमित फेला परेको भोलिपल्टै आज भारतबाट फर्किएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको हो । उनको पहिलोपल्ट स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । चिकित्सकका अनुसार संक्रमितको तीन पटकसम्म परीक्षण गरिन्छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार ००:००