काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री ओली पेटमा राखिएको स्टन्ट निकाल्न बिहानै अस्पताल गएका हुन् ।
मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट आज निकालिने प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिइन।
फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो । डिस्चार्जलगत्तै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट सुरु गरेका छन् ।
प्रतिक्रिया