पोखरा १ चैत। शनिबार सम्पन्न १८औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले चुमेको छ । फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि चुमेको हो ।
पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा मनाङले बाजी मारेको हो ।
प्रतिक्रिया