१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

पूर्वमन्त्री शेर्माको निधन



facebook sharing button
messenger sharing button
twitter sharing button

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माकाे ७६ वर्षकाे उमेरमा बुधबार निधन भएकाे छ ।

केही वर्षयता उनकाे मिर्गाैलाले काम गर्न छाेडेकाे थियाे । शेर्माकाे उपचारको क्रममा बुधबार दिउँसो ४ बजे पुलचोकस्थित निदान अस्पतालमा मृत्यु भएकाे हाे ।

झण्डै ६ दशकअघि राजनीतिमा प्रवेश गरेका शेर्मा २०१८ सालमा प्रधानपञ्च, २०२१ सालमा पाँचथर जिल्ला पञ्चायत सदस्य, २०२२ सालमा जिल्ला पञ्चायतको उपसभापति र २०२४ सालमा जिल्ला सभा सदस्य थिए ।

२०२५ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका शेर्मा त्यसपछि गाउँफर्क राष्ट्रिय अभियानको अञ्चल सदस्य पनि रहेका थिए ।

२०३६ सालको जनमत संग्रहमा उनी जिल्ला बहुदल प्रचार प्रसार समितिको अध्यक्ष थिए । राजनीतिक संघर्षका क्रममा पटकपटक पक्राउ र थुनामा परेका शेर्मा २०४२ को सत्याग्रहमा सात महिना जेल परेका थिए ।

देशमा प्रजातन्त्रको पुर्नस्थापना पछि उनी राष्ट्रियसभा सदस्य समेत बनेका थिए । शेर्माका दुई छोरा र पाँच छोरी छन् ।

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार ००:००