१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

चीनबाट उद्दार गरिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि



काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

१४ दिनसम्म भक्तपुर, खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार ००:००