१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

शुभकामना दिए संविधान संशोधनका लागि राजपा सांसद



काठमाडौं । राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसद प्रमोद साहले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुःखद् भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘प्रधानमन्त्रीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्दै आउनु भएको थियो, के त्यो आवश्यकता र औचित्य भनेको एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनु हो

सरकार र सत्तारुढ दलले विगतमा मधेशवादी दलहरूसँग ३० पटक भन्दा बढी संविधान संशोधन गर्ने सम्झौता गरेको सांसद साहले उल्लेख गरे । उनले भने, ‘विभिन्न समुदायले आफ्नो मानसम्मान, स्वाभिमान, पहिचान र अधिकारका लागि माग गर्दा तयार नभएको नेकपाले व्यक्तिका लागि संविधान संशोधन गर्न कार्यदल नै बनायो, कार्यदललाई संविधान संशोधनका लागि शुभकामना छ ।’

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेकपाले सर्वहाराको नाममा अर्बौंको भ्रष्टाचार गरिरहेको आरोप लगाइन् । नेकपाले भन्दै आएको समाजवाद कमिसनवाद विना एक कदम पनि अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

कमिसन प्रकरणबारे व्यंग्य गर्दै उनले भनिन्, ‘नेकपाले अब राजतनीतिक दस्तावेजमै कमिसनलाई वैधानिक बनाउने एउटा पाठ थपोस् अनि हामी यस विषयमा बहस गरौंला ।’

यतिबेला सिंगो देश नै यती होल्डिङस् र हुवावेमा अड्किएको गिरीको आरोप छ । यो विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने गिरीले बैठकमा माग गरिन् ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार ००:००