१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

अडियो रेकर्ड सम्बन्धमा प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल प्रचण्डले बाँस्कोटालाई राजीनामा दिन सुझाए , प्रधानमन्त्रीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बोलाए बालुवाटार



८ काठमाडौँ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ ।

बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् ।

सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिन्छन् या के गर्छन् त्यसको नतिजा केही घण्टामा आउने नै छ सुनिश्चित छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।

प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतफी दवाव परेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार ००:००