काठमाडौं । कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन् । बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो रहेको छ ।
पीडित कृषकहरुले राष्ट्रिय रुपमै संगठित हुँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति नेपाल’ नै गठन गरी संघर्ष शुरु गरेका हुन् ।मंगलबार राजधानीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगाडि धर्ना दिँदै पीडित कृृषकहरुले विभागको ध्यानाकर्षण गर्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई १० बुँदे मागपत्र बुझाएका छन् ।कुखुरापालक संघर्ष समितिले व्यवसायीहरुले कृषकको ढाडसेक्ने गरी मनोमानी रुपमा कुखुराको चल्ला तथा दानाको मूल्य बढाएको र उपभोक्तालाई समेत मार पर्नेगरी मासुको मूल्य बढाइरहेको भन्दै बजार अनुगमन, नियमन गरी दोषीलाई कारबाही गर्न विभागसँग माग गरेका छन् ।
किसानहरुले विभागबाट कृषकहरुमा राहत अनुभूति हुनेगरी काम हुनुपर्नेमा उल्टै आहात महशुस भएको बताएका छन् । महानिर्देशक सुवेदीलाई ध्यानाकर्षणका साथै मागपत्र बुझाउँदै पींडित कृषक संघर्ष समितिका संयोजक विष्णु खड्काले चल्ला उत्पादक संघ, पोल्टी व्यवसायी र दाना उत्पादनसँग मिलेर विभागले पीडित कृषकहरुको माग नसुनेको आरोप लगाए ।
२६–२७ सय रुपयाँ प्रतिबोरा दानाको मूल्यमा एक हजार बढी वृद्धि गर्दै ३५–३६ सय रुपैयाँसम्म पु¥याउदा र ३० देखि ३५ रुपैयाँ प्रतिगोटा पर्ने चल्लाको मूल्य ७०–८० रुपैयाँसम्म पु¥याउँदा समेत विभाग कानमा तेलहालेर बसेको कृषकहरुको आरोप छ । गत माघ १० गतेसम्म चल्लाको मूल्य प्रतिगोटा ४० रुपैयाँ रहेकोमा माघ १८ गतेसम्मको ८ दिनकोबीचमा ह्याचरीले तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँको दरले बढाएको पीडित कृषकहरुको भनाइ छ । माग १० गते ४० रुपैयाँ प्रतिगोटा चल्लाको मूल्य ह्याचरीले माघ ११ गते ५०, माघ १४ गते ६० र माघ १८ गते ७० रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।यसो गर्दा समेत विभागले बजार अनुगमन नगरेको र सम्बन्धित ह्याचरीलाई कारबाही नगरेको संघर्ष समितिको आरोप छ ।
नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको कुखुरापालन व्यवसाय मुठ्ठीभरका सिन्डिकेटधारी व्यवसायीहरु ९चल्ला, दाना, मासु० को अधिनमा रहेकोर कृषकलाई ऋणमा डुबाइ व्यवसायबाटै पलायन हुन बाध्य पारिएको संघर्ष समितिको आरोप छ । यस्तो कार्य तत्काल रोक्न व्यवसायीहरुको सिन्डिकेटधारी व्यवसायीक संघ संगठन समेत तत्काल विघठन गर्न पींडित कृषकहरुले माग छ ।
प्रतिक्रिया