बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई दुःख दिन दरबार वरिपरिका मान्छे लागेको बताएका छन् । तर पनि राजा र राजसंस्थासँग राप्रपाको दुरी नघट्ने उनले बताए ।
रुपन्देहीको बुटवलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले भने, ‘राप्रपालाई कमजोर बनाउन र दुःख दिन दरबार वरिपरिका मान्छेहरु लागेका छन् । उनीहरुले नकारात्मक सोंच राख्दैमा राजा र राजसंस्थासँग हाम्रो पार्टीको दूरी घट्दैन ।’
राजा कुनै व्यक्ति र दलको मात्रै नहुने भन्दै उनले राजा सबैको साझा हुने बताए । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अझै पनि जनताको आस्था र विश्वास रहेको दाबी गर्दै थापाले आउँदो चुनावबाट राप्रपा तेस्रो शक्तिको रुपमा उदाउने उदघोष गरे ।
जनताले कम्युनिष्ट र कांग्रेसको विकल्पमा बलियो र भरपर्दो लोकतान्त्रिक शक्ति खोजेको थापाको भनाइ छ । उनले भने, ‘देशले इतिहास, परम्परा, धर्म, संस्कृति संरक्षण, राष्ट्रियता बलियो बनाउने राष्ट्रवादी र लोकतान्त्रिक शक्ति खोजेको छ,’ थापाले भने, ‘कांग्रेसदेखि विप्लव माओवादीसम्म सबै सेन्टर लेफ्ट विचारधारा बोकेका दल भए । अब हामी सेन्टर राइट पार्टी बन्छौं, यो सम्भव छ ।’
थापाले आउँदो चुनावलाई लक्षित गरी राप्रपाले महाधिवेशनको मिति सकिनु ९ महिना अगावै महाधिवेशन गर्न थालेको बताए । आउँदो चुनावसम्म देशभर तीन लाख सक्रिय कार्यकर्ता बनाउने लक्ष्यसहित सातै प्रदेशमा संगठन विस्तार अभियान चलाइएको थापाले बताए ।
उनले पशुपति शमसेर राणा नेतृत्वको राप्रपा संयुक्तसँग पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । सिद्धान्त, नेतृत्वलगायतका प्रश्नमा आफूहरुसँग हामी मिलिसकेका छौं, ‘हलो अड्काउने च्याप्टरको पनि अन्त्य भएको छ, सबै कुरा मिलेको छ,’ थापाले भने, ‘अब पार्टी एकताका लागि पशुपति जी ९पशुपति शमशेर जबरा० र प्रकाश जी ९डा। प्रकाशचन्द्र लोहनी०ले मिति तोकेर काठमाडौं बोलाउन मात्रै बाँकी छ ।’
मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नेपालको हितमा रहेको पनि उनले बताए । तर यसबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जानकारी गराउनुपर्ने थापाको भनाइ छ । ‘एमसीसी नेपालको हितमा छ,’ थापाले भने, ‘तर प्रधानमन्त्रीले संसदमा जनतालाई स्पष्ट जानकारी नगराउँदा प्रश्नहरु उठेका छन्, जानकारी गराउनुपर्छ ।’
केपी ओली नेतृत्वको सरकारपछि प्रचण्ड नेतृत्वको सरकारमा जानु राप्रपाको सबैभन्दा ठूलो राजनीतिक भूल भएको थापाले दोहोर्याए ।
प्रतिक्रिया