काठमडौं । कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा लगातार तेस्रो दिन गिरावट आएको चीनले बताएको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखाउन थालेको अधिकारीहरुले बताएका छन् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/02/corona2.jpg?resize=668%2C683)
सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ भने मृतकको संख्या एक हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० संक्रमित भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकएक जनाको मृत्यु भएको छ ।
चीनको नेशनल हेल्थ कमिसनका प्रवक्ता मि फाङले भने, ‘कोरोना भाइरसको असर रोक्न चीनले जुन उपाय अपनाएको छ, त्यसको प्रभाव देखिन थालेको छ ।’
आइतबार अधिकारीहरुले २ हजार ९ जना संक्रमित थपिएको र थप एक सय ४२ जनाको मृत्यू भएको तथ्यांक प्रस्तुत गरे । तर, यसअघि कति थियो र कति अनुपातमा घट्यो भन्ने चाहिा स्पष्ट गरिएको छैन । गणनाविधिमा परिवर्तन पनि संक्रमित र मृतक संख्या ह्वात्तै बढेको देखिएको थियो तर अहिले घटेको छ ।
गत शनिबार विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० पनि चीनले प्रकोप नियन्त्रणमा चालेको कदमको सह्राहना गरेको छ । चीनमा अहिले पनि लाखौं जनसंख्यालाई उच्च निगरानीमा राखिएको छ । उनीहरुलाई निर्वाध हिाडडुल गर्न अनुमति दिइएको छैन ।
चीनका विदेशमन्त्री वाङ यीले हुबेईभित्र संक्रमितको संख्या घट्नुका साथै सन्चो भएका बिरामीको संख्या बढेको जानकारी दिएका छन् ।
प्रतिक्रिया