काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/02/supreme-court-of-nepal1542214610-1-1-1024x463.jpg?resize=687%2C310)
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा सो रिटमाथि सुनुवाइ हुन लागेको हो ।
न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णयमा अनुसन्धान गर्न नमिल्ने कानुनका कारण पूर्वप्रधानमन्त्रीहरुको सन्दर्भमा बोलेको छैन । न्यौपानेले भने सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय नीतिगत हुन नसक्ने दावी रिटमा गरेका छन् ।
रिट निवेदनमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्याउने कार्यमा संलग्न तत्कालीन मन्त्रिपरिषदका सबै सदस्यमाथि मुद्दा चलाउन माग गरिएको छ ।
न्यौपाने २५ वर्षअघि पनि यस्तै रिट लिएर सर्वोच्च अदालतमा गएका थिए । त्यसबेला सर्वोच्चले मन्त्रिपरिषदको निर्णय अख्तियारको छानविनको दायरामा नआउने फैसला गरेको थियो ।
प्रतिक्रिया