१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा ढुंगानाद्धारा उम्मेद्धवारी घोषणा




नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा पाँचथरका अग्रज पत्रकार लवदेव ढुंगानाद्धारा उम्मेद्वारी घोषणा गरेका छन् ।

१ नं. प्रदेशको प्रतिनिधित्व गर्दै पत्रकार लवदेव ढुंगानाले आसन्न नेपाल प्रेस युनियनको नवौं सम्मेलनमा केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
हाल नेपाल पत्रकार महासंघ पाँचथरकाको जिल्ला अध्यक्ष रहेका उनले पाँचथर, ईलाम, ताप्लेजुङ, तेह्रथुमलगायत पूर्वी पहाडी जिल्लाहरुको समर्थनमा उम्मेद्वारी दिन लागेका बताएका छन् । केही दिनअघि पाँचथरको माझीटारमा भएको पूर्वी पहाडका युनियनकर्मीहरुको भेलामा ढुंगानाले केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थिए । ढुंगानाको दाबेदारीपछि भेलाले महाधिवेशनमा पूर्वी पहाडी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गराउन एक हुने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता, मानव अधिकार र व्यावसायिक एकताका लागि निरन्तर क्रियाशिल ढुंगाना पुर्वी पहाडी जिल्लाको लोकप्रिय पत्रकार हुन् । शाही शासन र २०६२र६३ को जनआन्दोलनबाट लोकप्रियता आर्जन गरेका ढुंगाना पत्रकारका हकहितका लागि अग्रमोर्चामा रहेर निरन्तर काम गर्देै हाएा छन् ।

पत्रकार महासंघमा जिल्लाका अधिवेशनहरुमा युनियनलाई पाखा लगाएर एकलौटी गरिएको र सदस्यता शुध्दिकरणलगायतका विषय उठाएर केन्द्रीय कार्यालयमा ताला लगाएर एक सातासम्म आमरण अनसन बसेका ढुंगाना सहकर्मीमाझ सधैं चर्चामा रहन्छन् । उनले पाँचथरमा तीन पटक महासंघको र एक पटक युनियनको नेतृत्व कुशलतापूर्वक सम्हालिसकेका छन् ।

२३ वर्षदेखि सकृय पत्रकारिता गरिरहेका ढुंगाना देखेको कुरा भन्ने र तत्काल कार्यान्वयनमा लैजान सक्ने निडर र हक्की स्वभावका पत्रकार मानिन्छन् । कान्तिपुर, राजधानी, हिमालय टाइम्स, नेपाल टेलिभिजन, ईमेज टेलिभिजन, देशान्तर, विमर्शलगायतमा लामो समयसम्म काम गरेका उनले सम्मेलनमार्फत आफुलाई बहुमतले विजय गराउन अपिल गरेका छन् ।

प्रकाशित : २८ माघ २०७६, मंगलबार ००:००