१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

नेपाल प्रहरीको नयाँ आइजिपीको जिम्मेवारी ठाकुर ज्ञवालीलाई दिने तयारी



काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक बनाउने करिव पक्का भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जनाएको छ ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । आजबाट आइजीपी खनाल, तीनजना एआइजी र १८ जना डिआइजीले एकै साथ अवकाश पाएका छन् ।

अबको नयाँ महानिरीक्षक डिआइजीबाट सिधै हुनेछ । महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीका लागि दौडधुप भइरहेको छ । २७ औँ प्रहरी महानिरीक्षकका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ ।
आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबीच सोमबार छलफल भएको जनाइएको छ ।

प्रकाशित : २८ माघ २०७६, मंगलबार ००:००