पोखरा । अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ ।
हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ ।
पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।
नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।
जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ लागिसकेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेतिर देउरालीनजिकै हिमपहिरोको खबर आएको टान पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
हिमपहिरो गएको क्षेत्रमा हिमपात परिरहेको र जसका कारण सञ्चार सम्पर्क नहुँदा एकिन तथ्यांक नआएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया