काठमाण्डौं । आधुनिक देवान र राधा लिम्बूको स्वर रहेको पूर्वेली लोक लयमा आधारित गीत “उड्यो चरी” को भिडियो सार्वजनिक भएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/Dhruva-1-1024x569.jpg?resize=720%2C400)
सिसमयोगी देवानको शब्द तथा संगीत रहेको गीतको भिडियो बिभिन्न टेलिभिजन र इक्च् डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पारिवारिक बिछोड,परदेशीको पीडा र व्यथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा ध्रुब राई, सीता याखा र कृति गौतमलाई फिचरिङ गरिएको छ । नेपाली चलचित्रका निर्देशक शिव शर्मा (कँडेल) को निर्देशन, प्रवेश पोख्रेलको छायाँकन र दुर्लभ श्रेष्ठको सम्पादन रहेको सो म्यूजिक भिडियो बैदेशिक रोजगारीका निम्ति आफ्नो परिवार छाडेर विदेशिनु कति पीडा हुन्छ भन्ने मार्मिक तथा यथार्थपरक जीवन कथा देखाइएको छ ।
प्रतिक्रिया