![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/kp-sharma-1024x606.gif?resize=720%2C426)
काठमाडौं ११ पुस । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्याइएको हो ।
प्रधानमन्त्री कार्यालय अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि प्रधानमन्त्रीको नियमित रूपमा मिर्गौलाको डायलाइसिस भइरहेको छ।
प्रतिक्रिया