१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

ग्लोबल

परवेज मुशर्रफ : मृत्युदण्ड दिने निर्णयप्रति सेनाको आपत्ति



काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने इस्लामाबादस्थित उच्च अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले कडा आपत्ति जनाएको छ ।


सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ।

पूर्वराष्ट्रपति समेत रहेका जनरल मुशर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको भनाइ छ।

इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मंगलबार मुसर्रफलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठह‍र्याइएको यो नै पहिलो घटना हो ।

मुसर्रफ अहिले यएईको दुबईमा छन् । त्यहाँ उनको उपचार भइरहेको छ । उनको समूह भने फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ ।

प्रकाशित : २ पुस २०७६, बुधबार ००:००