मंसिर २४, काठमाडौं । मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज गरेको विषयमा नेपाल प्रहरीले छानविन गर्ने भउको छ ।
दशरथ रङ्गशालामा पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने प्रहरी अधिकारीमाथि छानबिन हुने भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै जानकारी पाएको भन्दै घटनाबारे छानबिन हुने बताएका छन् ।
प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि पनि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरले मुक्का हानेका छन् ।
राठौरले चापागाईँको मोबाइल खोसी उनीमाथि मुक्का हान्दा चापागाइँको कानमा चोट लागेको छ । उनको राष्ट्रिय खेलकुद परिषदभित्रको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । फिल्डमा रहेका प्रहरी अधिकारीहरुलाई बुझेर तत्काल फिर्ता बोलाउने डिआइजी क्षेत्रीले आस्वासन दिएका छन् ।
प्रतिक्रिया