मंसिर २४, काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।
केही समयअघि संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि पदबाट राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ । आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ ।
प्रतिक्रिया