१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

समाचार

लागुपदार्थ बनाउने रसायन सहित एक चिनिया पक्राउ




मंसिर २२, काठमाडौं । लागू पदार्थ बनाउने रसायन नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेका चिनियाँ नागरिक झाङ चाओ काठमाडौंमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चाओलाई शुक्रबार पक्राउ परेका हुन् ।

उनले निलो रङको कागजको डिब्बाभित्र रंगीन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम बनाई लुकाई लागू औषध बनाउने उक्त सहायक रसायन ल्याएको ब्यूरोका एसपी वीरेन्द्र रावलले जानकारी दिए ।

चीनको सिचुवानका चाओ १५ नोभेम्बरमा पहिलो पटक काठमाडौं आएका थिए । उनले आफैले प्याकेजिङ गरेर न्युजील्याण्ड पठाउन खोजेको प्रहरीसमक्ष बताएका छन् । लागू औषध ओसारपसार गर्ने सञ्जालको खोजी भइरहेको ब्यूरोका एसपी रावलले बताए ।

चिनिया नागरिकबाट बरामद इफेड्रिनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ र न्युजील्याण्ड पठाउँदा ५० लाख रुपैयाँ बराबरको हुन आउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : २२ मंसिर २०७६, आइतबार ००:००