१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

Uncategorized

७४ स्वर्ण सहित भारत पदक तालिकाको शीर्ष स्थानमा



काठमाडौँ २० मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारत ७४ स्वर्ण सहित पदक तालिकाको शीर्ष स्थानमा छ । भारतले अहिलेसम्म ७४ स्वार्ण, ५३ रजत र २५ कास्य सहित १ सय ५२ पदक जितेको छ ।
घरेलु मेदानमा नेपाल ३९ स्वर्णसहित २७ रजत, ४६ कास्य सहित १सय १२ पदक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सुरुका केहि दिन अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाललाई अहिले भारतले निक्कैपछि पारिसकेको छ ।
त्यस्तै श्रीलङ्का २२ स्वर्ण सहित तेस्रो स्थानमा छ । उसले ३९ रजत र ६३ कास्य सहित १ सय २४ पदक जितेको छ ।

पाकिस्तानले १८ स्वर्ण २५ रजत र २८ कास्य सहित ७१ पदक जितेर चौथो स्थान हासिल गरेको छ । बंगलादेश ४ स्वर्ण १६ रजत ४९ कास्य सहिल ६९ पदक जितेका छन् ।
माल्दिभ्सले साग को इतिहासमै पहिलो पटक १ मात्र स्वर्ण पदक जितेको छ । भने २ कास्य सहित ३ पदक हात पारेको छ । भूटानले अहिलेसम्म एउटा पनि स्वर्ण पदकमा खाता खोल्न सकेको छैन । भूटानले ६ कास्य पदक भने हात पारेको छ ।

प्रकाशित : २० मंसिर २०७६, शुक्रबार ००:००