मंसिर १८, काठमाडौं । उप निर्वाचनको समीक्षा लगायत अन्य विषयवस्तुहरुमा छलफलको लागि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गरी पार्टी मुख्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा उपनिर्वाचनको समीक्षा, नेतृत्वविहीन भ्रातृ संस्था र पार्टीको केन्द्रीय विभागहरु गठनबारे एजेण्डा रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार आगामी पुस ७ गतेबाट सुरु हुने तेस्रो चरणको पार्टीको राष्ट्रिय जागरण अभियानबारे पनि छलफल हुने जानकारी दिए ।
१८ मंसिर २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया