काठमाडौँ १८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाल २३ स्वर्ण सहित पदक तालिकाको निरन्तर शीर्ष स्थानमा छ । नेपालले अहिलेसम्म २३ स्वार्ण, १० रजत र १३ कास्य सहित ४६ पदक जितेको छ ।
भारत १७ स्वर्णसहित १६ रजत र ९ कास्य पदक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सुरुदेखि नै भारतले नेपाललाई पछ्याइरहेको छ ।
त्यस्तै श्रीलङ्का ५ स्वर्ण सहित तेस्रो स्थानमा छ । उसले १५ रजत र २८ कास्य सहित ४८ पदक जितेको छ । श्रीलङकाले अहिलेसम्म संख्यात्मक हिसावमा सबै भन्दा धेरै पदक जितेको छ ।
पाकिस्तानले ४ स्वर्ण ११ रजत र १२ कास्य सहित २७ पदक जितेर चौथो स्थान हासिल गरेको छ । बंगलादेश ४ स्वर्ण ४ रजत २० कास्य सहिल २८ पदक जितेका छन् । माल्दिभ्सले साग को इतिहासमै पहिलो पटक १ मात्र स्वर्ण पदक जितेको छ । भने १ कास्य सहित २ पदक हात पारेको छ । भूटानले अहिलेसम्म एउटा पनि स्वर्ण पदकमा खाता खोल्न सकेको छैन । भूटानले ३ कास्य पदक भने हात पारेको छ ।
प्रतिक्रिया