मंसिर १७, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएका मध्ये १० जनाको १० जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । गुल्मीको इश्मागाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको लु.१ ज.५२१९ नम्बरको जीप दुर्घटना हुँदा १ बालकसहित ९ महिला र ४ जना पुरुषको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको पहिचान खुलेको हो । दुर्घटनामा परी गुल्मीको इश्मा–५ बस्ने वर्ष २६ को चालक रेशम थापा, दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा–५ खाढुंगा बस्ने माया थापा, नवलपरासी बर्दघाट–२ बस्ने वर्ष ६० को भुमा कार्की, बागलुङ बडिगाड ७ बस्ने वर्ष ५५ को नरमाया खत्री, गुल्मी इश्मा–४ का ४० वर्षीया सिता कार्की, इश्मा–४ बस्ने ६५ वर्षका झवि कार्की, ४५ वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की रहेको अन्य ४ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा नवलपरासी वर्दघाट २ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा–४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोही स्थानमा वस्ने वर्ष २४ को निमा केसी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी बस्ने ६५ वर्षको धनबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइतेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी भविन्द्र भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया